२१ मंसिर २०८२, आइतबार | December 7, 2025

चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन, आज पनि नयाँ संक्रमित भेटिएनन : स्वास्थ्य मन्त्रालय



काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको बताउनुभयो ।

गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा. देवकोटाले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो। यसै वीच पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन । यो सँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण भएका नमूनाको संख्या ३ हजार ५ सय २४ पुगेको छ। अहिले पनि ८ सय बढीको नमूना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ। ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन् ।

कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शुक्रबारदेखि पिसिआरबाट नमूना परीक्षण सुरु भएसँगै परीक्षण हुने स्थान ११ पुगेको हो । अन्य जिल्लामा पनि पिसिआर जडान कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

डेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णालीबाट २५ गरी बिहिबार संकलन भएका ७ सय ९ वटा नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : १६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन