१८ माघ २०८२, आइतबार | February 1, 2026

तिनाउ मिसन बैंकले प्रादेशिक अस्पताललाई दियो पीपीई सेट



बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंक लि.का बुटवल हस्पिटललाईन र सुख्खानगर शाखाले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई चिकित्सकहरुको लागि अत्यावश्क हुने पीपीई सेट ( व्यक्तिगत सुरक्षा सामाग्रि) सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

हालैका दिनमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट नेपाल समेत प्रभावित भएकाले चिकित्सकहरुलाई सम्भावित संक्रमितहरुको अग्रभागमा रहेर औषधि उपचार गनुपर्ने भएकोले उनीहरुको सुरक्षाको लागि बैंकले पीपीई हस्तान्तरण गरेको हो ।

करिब ३५ हजार मुल्य बराबरका ८ थान पीपीई सेट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ, हस्पिटललाईनका शाखा प्रबन्धक एकनारायण अर्याल, कर्जा विभाग प्रमुख विष्णु गौतम, माईक्रो फाईनान्स विभाग प्रमुख लक्ष्मण भट्टराई र सुख्खानगर शाखा प्रबन्धक कृष्णप्रसाद पन्थीको उपस्थितिमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेनडेन्ट राजेन्द्रप्रसाद खानाललाई हस्तान्तरण गरिएको हो ।

उक्त समाग्री बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट योगदान गरेको हो । यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयां जम्मा गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४७ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा