८ चैत्र २०८२, आइतबार | March 22, 2026

तिनाउ मिसन बैंकले प्रादेशिक अस्पताललाई दियो पीपीई सेट



बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंक लि.का बुटवल हस्पिटललाईन र सुख्खानगर शाखाले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई चिकित्सकहरुको लागि अत्यावश्क हुने पीपीई सेट ( व्यक्तिगत सुरक्षा सामाग्रि) सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

हालैका दिनमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट नेपाल समेत प्रभावित भएकाले चिकित्सकहरुलाई सम्भावित संक्रमितहरुको अग्रभागमा रहेर औषधि उपचार गनुपर्ने भएकोले उनीहरुको सुरक्षाको लागि बैंकले पीपीई हस्तान्तरण गरेको हो ।

करिब ३५ हजार मुल्य बराबरका ८ थान पीपीई सेट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ, हस्पिटललाईनका शाखा प्रबन्धक एकनारायण अर्याल, कर्जा विभाग प्रमुख विष्णु गौतम, माईक्रो फाईनान्स विभाग प्रमुख लक्ष्मण भट्टराई र सुख्खानगर शाखा प्रबन्धक कृष्णप्रसाद पन्थीको उपस्थितिमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेनडेन्ट राजेन्द्रप्रसाद खानाललाई हस्तान्तरण गरिएको हो ।

उक्त समाग्री बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट योगदान गरेको हो । यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयां जम्मा गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४७ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को