८ चैत्र २०८२, आइतबार | March 22, 2026

लायन्सहरुद्धारा औषधि हस्तान्तरण



बुटवल । पश्चिम नेपालकै पुरानो लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा औषधी वितरण शुक्रबार एक कार्यक्रमको बिच बुटवल कोरोना बिशेष-अस्थाई अस्पताल मा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवहरुले बुटवलको आइसोलेसन विशेष अस्थायी अस्पतालको आई सि यू कक्षलाई चाहिने अत्यावश्यक औषधी सामाग्री सहयोग गरेको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्कि ३२५ बि २ नेपाल का डिष्ट्कि कोचिफ एडभाइजर एमजेएफ अर्जुनमान सैँजु जोनचेयर पर्सन लायन्स क्लव तथा लायन्स बुटवलका पूर्व अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, लायन्स बुटवलका सचिव सरदमान श्रेष्ठ, लायनेस क्लब अध्यक्ष पुजन श्रेष्ठ, लायनेश बुटवल सचिव मीना श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ र लियो अध्यक्ष अविनास श्रेष्ठ लगायतको टोलीले बुटवल प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईलाई सो औषधी सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्येश्यका साथ यहाँ सन्चालीत आई सि यू सेवालाई प्रभावकारी बनाउन र आइसोलेसनमा रहेका बिरामीलाई सहज होस भनेर रु ५३ हजार बराबरको सो औषधी सामाग्री सहयोग गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठले बताउनुभयो ।

लायन्स बुटवलले आखाँ अस्पताल बाट अति बिपन्न गरिको निशुल्क अपरेशन, महीला पाठेघर निशुल्क औषधि उपचार, गरिब तथा जेहेदार निशुल्क शिक्षा,चेल्डेन्न पार्क, प्रत्तिक्षालय,जस्तै १ दर्जन समाजिक सेवा गर्दै आयको छ ।

सहयोग गरिएको सो औषधी सामाग्रीमा एक्स सि आई, एडनोसिश, काविटोलोल लगायत रहेको उहाँको भनाई छ । बुटवलको धागो कारखानामा रहेको आइसोलेसन विशेष अस्थायी अस्पतालमा अहिले १ जनाले मात्र आइ सि यू सेवा लिईरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ०६ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को