२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना भाईरस सबैमा पस्न सक्छ तर रोगप्रतिरोधी शक्तिका कारण संक्रमण पुष्टि हुँदैन



एजेन्सी । मानव शरिरमा बाहिरबाट प्रवेश भएका र शरिर भित्रै रहेका हानिकारक किटाणुसंग लड्ने क्षमता हुन्छ । यसैलाई रोग प्रतिरोधी क्षमता भनिन्छ ।

अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई बढी आक्रमण गर्छ । त्यसैगरि मानव शरिरमा भएको रोगप्रतिरोधी क्षमतालाई नष्ट गर्ने काम पनि गर्छ ।

त्यसैले आफ्नो शरिरलाई स्वस्थ राख्न रोगप्रतिरोधी क्षमतालाई बलियो बनाई राख्न चिकित्सकहरुले सुझाव दिन्छन । यसका लागि आहार विहारमा विशेष ख्याल गर्न भन्दै स्वस्थ जीवनशैली अपनाउन सुझाउँदै आएका छन ।

यसै सन्दर्भमा युरोपेली मुलुक जर्मनीबाट प्राप्त पछिल्लो खबर अनुसार त्यहाँका १५ प्रतिशत मानिसहरुमा कोरोना भाईरससंग लड्ने रोगप्रतिरोधी क्षमताको विकास भएको भेटिएको छ । चीनको बुहान जस्तै बनेको जर्मनीको गेंगेल्ट क्षेत्रका स्थानीयहरुमा गरिएको एक अध्ययनबाट १५ प्रतिशत मानिसहरुमा कोरोना भाईरससंग लड्नसक्ने एन्टिबडीजको विकास भएको खुलेको हो । यस्तो खुलासा जर्मनीको युनिभर्सिटी अफ बनका मुख्य अनुशन्धानकर्ता प्रोफेसर डाक्टर हेंड्रिक स्ट्रिकले गरेका हुन ।

मानव शरिरमा एन्टिबडीज विकासको यो तथ्यांक पहिलेको तुलनामा तीन गुणा बढी हो । यो तथ्य सार्वजनिक भएसंगै वैज्ञानिकहरुले युरोपका छुट्टा छुट्टै क्षेत्रमा रहेका एक हजार ब्यक्तिमा पुनः अनुशन्धान गरे । यो पछिल्लो अनुशन्धानबाट पनि दुई प्रतिशत ब्यक्तिमा कोरोना संक्रमण भैसकेको र १४ प्रतिशत ब्यक्तिमा कोरोनासंग लड्न सक्ने रोगप्रतिरोधी क्षमता अर्थात एण्टिबडीज तयार भैसकेको भेटियो ।

यो अध्ययन अघि केवल ५ प्रतिशत ब्यक्तिहरुमा मात्रै कोरोनासंग लड्नसक्ने एण्टिबडीज थियो । यहि विषयमा अर्का वैज्ञानिक प्रोफेसर डक्टर गुन्टर हर्टमनले पनि निकै सकारात्मक विचार ब्यक्त गरेका छन । उनले भने, ‘आउँदा दिनमा ६० देखि ७० प्रतिशत मानिसहरुमा हर्ड ईम्युनिटी अर्थात सरुवा रोग निम्त्याउने भाईरसविरुद्ध लड्न सक्ने रोगप्रतिरोधी क्षमताको विकास हुनेछ ।

यसबाट कोरोना भाईरस परास्त हुनेछ र बृद्ध बृद्धा तथा बालबालिकाहरु कोरोनाको खतराबाट बच्नेछन ।’ त्यस्तै ब्रिटेनका वरिष्ठ वैज्ञानिक सर पैट्रिक वेलेसले पनि रोगप्रतिरोधी क्षमता बारे यस्तै विचार ब्यक्त गरेका छन । उनका अनुसार कोरोना संक्रमण फैलिएका मुलुकका धेरैजसो मानिसमा कोरोना भाईरस प्रवेश गरिसकेको हुन सक्छ ।

तर सबल रोगप्रतिरोधी क्षमताका कारण संक्रमण नदेखिएको मात्र हो । तसर्थ सबैले आफ्नो शरिरको रोगप्रतिरोधी क्षमता बारे सचेत रहंदै कोरोनासंग सुरक्षित रहन वैज्ञानिक वेलेसले सबैलाई सुझाएका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : २५ बजे

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ