२० श्रावण २०८३, बुधबार | August 5, 2026

बुटवल अटो ईन्जिनियरिङ एशोसिएसनद्धारा मजदुरलाई राहत वितरण



बुटवल । बुटवल अटो ईन्जिनियरिङ एशोसिएसन बुटवल वडा नंं २ ले मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्न नपाएका मजदुरहरुलाई एशोसिएसनले राहत सामाग्री वितरण गरेको हो ।

एशोसिएसनका अध्यक्ष बावुलाल पाण्डेले लकडाउनको समयमा सवै वर्कशप बन्द भएको र मजदुरहरुलाई खानका लागि समस्या भएपछि राहत सामाग्री वितरण गरिएको बताउनुभयो । एशोसिएसनले शनिबार मात्रै ७० परिबारलाई राहत वितरण गरेको उहाले बताउनुभयो ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं समाजसेवी लिलाधर लुईटेलको व्यवस्थापनमा मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको हो । परिबारको संख्या हेरी एशोसिएसनले १५ के.जी चामल, दाल, नुन, सावुन प्रदान गरेको थियो ।

उक्त राहत बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष रमेश नेपालको रोहवरमा एशोसिएसनका अध्यक्ष पाण्डे सहित उपाध्यक्ष कृष्ण न्यौपाने, लेखा संयोजक चन्द्रमणी भण्डारी, सदस्यहरु सुर्य सुवेदी, देवि पौडेलले वितरण गर्नुभएको हो ।

एशोसिएसनले २ दिन अघि मात्र ३२ परिबारलाई राहत दिएको थियो । अध्यक्ष पाण्डेका अनुसार मजदुर संगै दैनिक ज्यालादारी गरिव परिबारका लागि पनि अब राहत वितरण गरिनेछ । त्यसका लागि तयारी गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ०० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल