५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवल अटो ईन्जिनियरिङ एशोसिएसनद्धारा मजदुरलाई राहत वितरण



बुटवल । बुटवल अटो ईन्जिनियरिङ एशोसिएसन बुटवल वडा नंं २ ले मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्न नपाएका मजदुरहरुलाई एशोसिएसनले राहत सामाग्री वितरण गरेको हो ।

एशोसिएसनका अध्यक्ष बावुलाल पाण्डेले लकडाउनको समयमा सवै वर्कशप बन्द भएको र मजदुरहरुलाई खानका लागि समस्या भएपछि राहत सामाग्री वितरण गरिएको बताउनुभयो । एशोसिएसनले शनिबार मात्रै ७० परिबारलाई राहत वितरण गरेको उहाले बताउनुभयो ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं समाजसेवी लिलाधर लुईटेलको व्यवस्थापनमा मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको हो । परिबारको संख्या हेरी एशोसिएसनले १५ के.जी चामल, दाल, नुन, सावुन प्रदान गरेको थियो ।

उक्त राहत बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष रमेश नेपालको रोहवरमा एशोसिएसनका अध्यक्ष पाण्डे सहित उपाध्यक्ष कृष्ण न्यौपाने, लेखा संयोजक चन्द्रमणी भण्डारी, सदस्यहरु सुर्य सुवेदी, देवि पौडेलले वितरण गर्नुभएको हो ।

एशोसिएसनले २ दिन अघि मात्र ३२ परिबारलाई राहत दिएको थियो । अध्यक्ष पाण्डेका अनुसार मजदुर संगै दैनिक ज्यालादारी गरिव परिबारका लागि पनि अब राहत वितरण गरिनेछ । त्यसका लागि तयारी गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको