८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलको कोरोना अस्पतालमा आइसीयू थपिँदै



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितका बेडहरु थप गरिँदै छ ।

बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण भएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा १० बेडको आइसीयूसहित भेन्टिलेटर कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीसहित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम सहित विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी र प्राबिधिकहरु काममा खटिनुभएको छ ।

आइतबार (आज) बेलुकासम्ममा तयार गर्नेगरी काम भइरहेको कोरोना विशेष अस्पताल समन्वय समितिका सदस्यसमेत रहनुभएका गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष आलमले जानकारी दिनुभयो ।

बुटवलका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको परीक्षण

यसैबीच बुटवलका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको ज्वरो, रुघाखोकी र स्वासप्रस्वासको समस्यासहितका विभिन्न फ्लूको परीक्षण भएको छ ।

फिवर क्लिनिकमा आशंका लागेर जचाउँन गएकाहरुको परीक्षण गरिएको हो । उनीहरुमा कोरोनाको त्रास रहेपनि लक्षण भने नरहेको स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।

केही आशंका लागेका वा सामान्य लक्षण मिल्ने एक सय ७१ हरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : १९ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को