४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी परीक्षण गरिने



बुटवल । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक सय ४७ जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरिएको छ ।

बुटवलले वडा नं. १२ तामनगरमा सञ्चालित क्वारेन्टाइनमा १४ दिन बसाई पूरा हुँदासाथ आरडिटी विधिमार्फत् कोरोना परीक्षण सुरु गरिने छ । उनीहरुको १४ दिनको बसाई आगामी बैशाख ५ गते पूरा हुने छ । त्यसैदिन सबैको परीक्षण गर्ने प्राविधिकहरु तयारी अवस्थामा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

बुटवलले चैत ३ गते वा सोभन्दा पछि बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको खोजी गरि क्वारेन्टेइनमा राखेको छ । तिनै व्यक्तिहरुको आरटीडी परीक्षणका लागि प्राविधिकरुलाई तयारी अवस्थामा राखिएको छ । सुरु गरिएको हो । प्रदेश सरकारको सहयोग र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा परीक्षणका लागि तयारी गरिएको बुटवल उपमहानगरकाले जनाएको छ ।

उपमहानगरपालिकाले बाहिरबाट आएर बसेका त्यस्ता व्यक्तिहरुको खोजि गरि विवरण संकलन तथा निगरानीका काम जारी राखेको छ । १९ वटै वडाका टोल बिकास संस्थामार्फत अनुगमन भइरहेको छ ।

सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीति बनाएको छ । भारतबाट आएर क्वारेन्टाइनमा हरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ । सोही अनुसार बुटवलमा पहिलो चरणमा तामनगरको क्वारेन्टाइनबाट यस्तो परीक्षण गरिन लागेको हो ।

हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले बाहिरबाट आएकाको सोधीखोजी क्वारेन्टाइनमा राख्ने, १४ दिनको अवधि पुगेकाको परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो ।

सफाईकर्मीलाई सुरक्षा सामग्री

यसैगरी बुटवल उपमहानगरपालिकाले दैनिक सरसफाइमा खटेका सफाईकर्मी र किटनाशक विषादी छर्किरहेकाहरुरुलाई व्यक्तिगत सुरक्षाको लागि पुरा शरीर छोपिने गाउन, मास्क, ग्लोभ्स, गमबूट, सेनिटाइजर नियमित रुपमा उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक पिपीईसहितका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । सबै स्वास्थ्य संस्थामा यसअघि नै केही थान पीपीइ उपलव्ध गराइसकेको थियो ।

राहत वितरण जारी

उपमहानगरपालिकाले उपलव्ध सेवाहरुका अतिरिक्त विपद् राहत कोष, राहत वितरण कार्यक्रमका बारेमा विभिन्न समयमा सार्वजनिक सूचना, जानकारी र अपिल जारी गरिसकेको छ ।

पहिलो चरणमा दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरुको लगत संकलन गरि राहत वितरण गरिसकिएको छ ।

हालसम्म करिब छ हजार घर परिवारलाई राहत वितरण गरिसकिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज