७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नव वर्ष-नयाँ जोश, जाँगर र उमंग



संसारमा हेरेक चिज परिवर्तन शिल छ । परिवर्तन शिल दुनियाँमा प्रत्येक वैशाख १ गते बिक्रम सम्बतको नयाँ साल प्रारम्भ हुन्छ । नेपालको राष्ट्रिय संवत विक्रम संवत हो ।

सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाटआरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ ।

चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो संवत प्रयोगमा ल्याइसकेका थिए । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेकाछन् । सेकन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ ।

जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ ।

यस वर्ष प्रमादी संबत्सर परेको छ । हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षकासाथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउने गरिन्छ । यस दिनमा सार्वजनिक बिदा पनि दिइन्छ ।

यसरी प्रत्येक वर्ष नयाँ वर्ष मनाउदै गर्दा हामीमा पनि नयाँ सोच, नयाँ उमंग जगाउनु पर्छ । नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन सँगै आउने हुँदा प्रकृतिमा पनि एउटा नौलो आभाष र अनुभव बनाइरहेको हुन्छ। बोट बिरुवाहरूमा वसन्त ऋतु आगमनसँगै हरियालीले छाउनाले प्रकृतिको मनोरम सुन्दर दृश्यावलोकन मनलाई पनि आनन्दित तुल्याएको हुन्छ ।

नयाँ बोट नयाँ पाउवा समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्किरहेको हुन्छ । यसरी, प्रकृतिले पनि आफ्नो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै सबैले नयाँ वर्षलाई सुखद अनुभूति रूपमा महसुस गर्दछन् ।

तसर्थ हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी उदेश्य पूर्तिको यात्रा आजैदेखि आरम्भ गरौं । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर हिड्नु पर्दछ ।

हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीलाई कुनै पनि नव वर्षको नयाँजोस, जाँगर र उमंग जगाउनु पर्छ ।

त्यसैले नव वर्षलाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं ।

नयाँ वर्ष २०७७ सालको सबैलाई हार्दिक मंगलमय शुभकामना …. ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३३ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले