९ चैत्र २०७९, बिहिबार | March 23, 2023

चीनमा फेरि फर्क्यो कोरोना, अमेरिकामा मृतकको संख्या विश्वकै धेरै



एजेन्सी । चीनमा मत्थर भएको भनिएको कोरोना भाईरसको प्रकोप पुनः फर्किएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित फेला परेपछि चीनमा कोरोनाको संक्रमण पुनः फैलिएको पुष्टि भएको हो । ९९ जनामा संक्रमण देखिएको यो तथ्यांक पछिल्लो साताकै उच्च हो ।

चिनियाँ स्वास्थ्य अधिकारहरुका अनुसार शनिबार मात्रै ६३ जनामा संक्रमण देखिएको थियो । तर अचम्म लाग्दो तथ्य के फेला परेको छ भने, अहिलेसम्म भेटिएका संक्रमितहरुमा कुनै पनि लक्षण देखिएको छैन । चीनमा अहिलेसम्म संक्रमितहरुको संख्या ८२ हजार १६० पुगेको छ भने मृतकको संख्या ३ हजार ३ सय ४१ पुगेको छ ।

कोरोना भाईरस प्रकोपको विश्वब्यापी तथ्यांक हेर्ने हो भने, हालसम्म ११ लाख ४ हजार २४७ जनाको मृत्यु भएको छ भने १८ लाख ५३ हजार १५५ जना संक्रमित छन । यसैबीच ४ लाख २३ हजार ६२५ जना उपचारपछि निको भैसकेका छन ।

कोरोनाले अहिलेसम्म सर्वाधिक मृत्यु हुने मुलुकमा अमेरिका देखिएको छ । त्यहाँ २२ हजार ११५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ लाख ६० हजार ४३३ पुगेको छ । अमेरिकामा तिव्र गतिका साथ फैलिएको कोरोनाको प्रकोपले त्यहाँको नौसैनिक जहाजलाई पनि छोपेको छ ।

परमाणु उर्जाबाट चल्ने विमान वाहक युएसएस जहाज थियोडोर रुजवेल्टमा कोरोना संक्रमितको संख्या बढेर ५५० पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार जहाजको चालक दलका ९२ जना सदस्यसहित सबैको परीक्षण गर्दा ५५० जनामा पोजेटिभ भेटिएको थियो भने ३ हजार ६७३ जनामा नेगेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ३२ बजे

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

पोखरा । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको