५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चीनमा फेरि फर्क्यो कोरोना, अमेरिकामा मृतकको संख्या विश्वकै धेरै



एजेन्सी । चीनमा मत्थर भएको भनिएको कोरोना भाईरसको प्रकोप पुनः फर्किएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित फेला परेपछि चीनमा कोरोनाको संक्रमण पुनः फैलिएको पुष्टि भएको हो । ९९ जनामा संक्रमण देखिएको यो तथ्यांक पछिल्लो साताकै उच्च हो ।

चिनियाँ स्वास्थ्य अधिकारहरुका अनुसार शनिबार मात्रै ६३ जनामा संक्रमण देखिएको थियो । तर अचम्म लाग्दो तथ्य के फेला परेको छ भने, अहिलेसम्म भेटिएका संक्रमितहरुमा कुनै पनि लक्षण देखिएको छैन । चीनमा अहिलेसम्म संक्रमितहरुको संख्या ८२ हजार १६० पुगेको छ भने मृतकको संख्या ३ हजार ३ सय ४१ पुगेको छ ।

कोरोना भाईरस प्रकोपको विश्वब्यापी तथ्यांक हेर्ने हो भने, हालसम्म ११ लाख ४ हजार २४७ जनाको मृत्यु भएको छ भने १८ लाख ५३ हजार १५५ जना संक्रमित छन । यसैबीच ४ लाख २३ हजार ६२५ जना उपचारपछि निको भैसकेका छन ।

कोरोनाले अहिलेसम्म सर्वाधिक मृत्यु हुने मुलुकमा अमेरिका देखिएको छ । त्यहाँ २२ हजार ११५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ लाख ६० हजार ४३३ पुगेको छ । अमेरिकामा तिव्र गतिका साथ फैलिएको कोरोनाको प्रकोपले त्यहाँको नौसैनिक जहाजलाई पनि छोपेको छ ।

परमाणु उर्जाबाट चल्ने विमान वाहक युएसएस जहाज थियोडोर रुजवेल्टमा कोरोना संक्रमितको संख्या बढेर ५५० पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार जहाजको चालक दलका ९२ जना सदस्यसहित सबैको परीक्षण गर्दा ५५० जनामा पोजेटिभ भेटिएको थियो भने ३ हजार ६७३ जनामा नेगेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं