३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना कहर : युरोपमा ८० हजार बढीको ज्यान गयो



एजेन्सी । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीले सबैभन्दा ठूलो कहर युरोपमा मच्चाएको छ । युरोपेली देशहरुमा मात्रै कोरोना भाइरसका कारण करिब ८० हजार मानिसले ज्यान गुमाएका छन् ।

अहिले विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । त्यसमध्ये युरोपमा मात्रै कोरोना संक्रमणका कारण ७९ हजार ९८९ को मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमणका घटना विश्वको आधा देखिए पनि मृत्यु भने अन्य देशको तुलनामा उच्च देखिएको हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर कुल संक्रमित संख्या १९ लाख २४ हजार ६७७ पुगेको छ । युरोपमा मात्रै ९ लाख ७ हजार ३८६ जनामा कोरोना संक्रमण फैलिएको छ।

स्पेनमा संक्रमण बढी

कोरोना भाइरसले सबैभन्दा बढी थला पारेको देशमा स्पेन र इटाली रहेका छन् । युरोपभरिकै सर्वाधिक संक्रमित रहेको देश स्पेन हो । यहाँ कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ ।

स्पेनमा अहिलेसम्म कोरोनाका कारण १७ हजार ७५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३ हजार २६८ थप नयाँ संक्रमित भेटिएका छन् । तर स्पेनमा ६४ हजार ७२७ जना निको पनि भइसकेका छन् ।

इटालीमा ज्यान गुमाउनेको संख्या धेरै

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली युरोपभरिकै पहिलो नम्बरमा रहेको छ । तर विश्वभरिका आधारमा दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ ।

अहिलेसम्म इटालीमा कोरोनाका कारणा २० हजार ४६५ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५६६ जनाको मृत्यु भएको छ ।

इटलीमा कोरोना संक्रमित १ लाख ५९ हजार ५१६ पुगेका छन् । जसमा ३ हजार १५३ जना नयाँ संक्रमित देखिएका छन् । ३५ हजार ४३५ जना भने निको भइसकेका छन्, पछिल्लो समय स्पेन र इटलीमा नयाँ संक्रमण र मृत्युका घटना घट्दै गएको देखिन्छ ।

त्यसैगरी फ्रान्समा कोरोना संक्रमितको १ लाख ३६ हजार ७७९ पुगेको छ । मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ८८ हजार ६१२ पुगेको छ ।

त्यस्तै, जर्मनीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ३० हजार ७२ पुगेको छ । ३ हजार १९४ जनाले मात्र कोरोनाका कारण ज्यान गुमाएका छन् ।

युरोपमा अन्य बढी प्रभावित देशमा बेल्जियम, नेदरल्यान्ड्स, स्वीजरल्यान्ड, रूस, पोर्चुगल, अस्ट्रिया, स्वीडेन लगायत रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ०९ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत