१ पुस २०८२, मंगलबार | December 16, 2025

विदेश पढ्न गएका विद्यार्थीलाई लक्षित गरी ‘कोभिड–१९ एक्स्पर्ट सहयोग कोष’ स्थापना



बुटवल ।  एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विदेशमा पढ्न गएका विद्यार्थीका लागि लक्षित गरेर २ लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट सहयोग कोष’ स्थापना गरेको छ ।

विशेषगरि अष्ट्रेलियमा पढ्न गएका विद्यार्थीको लागि तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्न सर्भिसेजले कोष बनाएको हो । कोष मध्ये १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने एक्सपर्टले जनाएको छ ।

‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्युनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौ’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको भन्दै यो सहयोगले कोरोना प्रभावित विद्यार्थीलाई केही हदसम्म भएपनि सहयोग पुग्ने आशा गरिएको छ । एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई सहयोग गर्न लागिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै रुपन्देही तथा यस आसपास बाट अष्ट्रेलिया गएका विद्यार्थीहरुले राहतका लागि एक्सपर्टको केन्द्रीय कार्यालय अष्ट्रलिया सिडङीमा सम्पर्क गर्न एक्सपर्ट एजुकेशनल एण्ड भिषा सर्भिसका निर्देशक रोशन कंडेलले अनुरोध गर्नुभयो ।

कसले पाउँछन् सहायता ?

पछिल्लो ६ महिनामा अष्ट्रेलिया आएका अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेको भन्दै सन् २०१९ अक्टोवर १ यता अष्ट्रेलियाका आएका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ ।

यो सहायता पाउनका लागि सबैभन्दा पहिला त अक्टोवर १ यता अष्ट्रेलिया आएको हुनुपर्नेछ । त्यस्तै रोजगार नभएको तथा रोजगार गुमाएका हुनुपर्नेछ । त्यस्तै एक्सपर्ट एजुकेशनबाट विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी हुनुपर्ने विज्ञप्तिमा भनिएको छ । सहयोग चाहने विद्यार्थीले उपलब्ध गराइएको लिंकमा आफ्नो दरखास्त हाल्न सक्नेछन् । यस संकटको घडीमा विद्यार्थीलाई पर्न सक्ने अन्य समस्या र अप्ठ्याराहरुका बारेमा शैक्षिक संस्थाहरुसंग परामर्श गरि विद्यार्थीका तर्फबाट पैरवी गरिरहेको समेत एक्सपर्टले जनाएको छ ।

यस्तै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्श दाताहरुको संस्था एक्काले पनि गो फन्ड मि नामक वेवसाईटबाट सहयोग संकलन गरिरहेको छ । विभिन्न कन्सलटेन्सीहरुले समेत आफ्ना विद्यार्थीका लागि धेरथोर सहयोग गरिरहेका छन् ।

अष्ट्रेलियामा पढिरहेका अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुको छाता संगठन काउन्सिल अफ इन्टरनेश्नल स्टुटेन्डस् अष्ट्रेलिया सिसाले पनि अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई सहायता गर्न शैक्षिक संस्था र सरकारलाई दवाव दिईरहेको छ ।

विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : २० बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि