६ असार २०८३, शनिबार | June 20, 2026

भारतमा मे ३ सम्म लकडाउन लम्बियो



एजेन्सी , भारत सरकारले लकडाउन थप्ने घोषणा गरेको छ । आज प्रधानमन्त्री नरेन्द्र मोदिले रास्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन ३ मे सम्म बढाउने घोषणा गरेका हुन ।

कोरोना विरुद्धको लडाइमा साथ दिन सबैलाइ आग्रह गर्दै सरकारले कोरोना विरुद्धको लडाइमा सक्दो मेहनत गरिरहेको कुरा पनि बताए।अप्रील २० पछि संक्रमित नदेखिएको ठाउमा केही खुकुलो हुन सक्ने संकेत गर्दै सबैलाइ सचेत भएर लकडाउनको पालना गर्न पनि प्रधानमन्त्री मोदिले अनुरोध गरे।सरकारले एक लाख भन्दा बढि बेडको र ६०० भन्दा बढी विषेश अस्पतालको व्यवस्था गरेको जानकारी पनि मोदिले दिएका छन ।

‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’

सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । ‘जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्नोछ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।’

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : १३ बजे

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित

नारायणगढ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार