५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमा मे ३ सम्म लकडाउन लम्बियो



एजेन्सी , भारत सरकारले लकडाउन थप्ने घोषणा गरेको छ । आज प्रधानमन्त्री नरेन्द्र मोदिले रास्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन ३ मे सम्म बढाउने घोषणा गरेका हुन ।

कोरोना विरुद्धको लडाइमा साथ दिन सबैलाइ आग्रह गर्दै सरकारले कोरोना विरुद्धको लडाइमा सक्दो मेहनत गरिरहेको कुरा पनि बताए।अप्रील २० पछि संक्रमित नदेखिएको ठाउमा केही खुकुलो हुन सक्ने संकेत गर्दै सबैलाइ सचेत भएर लकडाउनको पालना गर्न पनि प्रधानमन्त्री मोदिले अनुरोध गरे।सरकारले एक लाख भन्दा बढि बेडको र ६०० भन्दा बढी विषेश अस्पतालको व्यवस्था गरेको जानकारी पनि मोदिले दिएका छन ।

‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’

सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । ‘जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्नोछ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।’

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको