खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक भएको शैक्षिक सत्र २०८३ को कक्षा १२ को नतिजामा ८७.६६ उतिर्ण गर्न सफल भएको छ।
विद्यालयका अनुसार कक्षा १२ मा जम्मा १५४ विद्यार्थी सहभागी भएकामा १३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १९ जना अनुत्तीर्ण भएका छन्।
साधारण धारतर्फ ११४ विद्यार्थीमध्ये १०० जना (८७.७२ प्रतिशत) उत्तीर्ण भएका छन्। यस धारमा २ जनाले A+, २५ जनाले A, ५७ जनाले B+ र १६ जनाले B ग्रेड प्राप्त गरेका छन्।
त्यसैगरी, प्राविधिक धारतर्फ ४० विद्यार्थीमध्ये ३५ जना (८७.५ प्रतिशत) उत्तीर्ण भएका छन्। यस धारमा २ जनाले A+, २१ जनाले A र १२ जनाले B+ ग्रेड हासिल गरेका छन्।
विद्यालयको समग्र नतिजामा ४ जनाले A+, ४६ जनाले A, ६९ जनाले B+ तथा १६ जनाले B ग्रेड प्राप्त गरेका छन्।
विज्ञान समूहले शतप्रतिशत (१०० प्रतिशत) नतिजा ल्याउन सफल भएको विद्यालयले दाबी गरेको छ। साथै, शिक्षा संकायतर्फका सुफियान खानले ३.७५ जिपीए प्राप्त गरी विद्यालयकै उत्कृष्ट नतिजा हासिल गरेकी छन्।
विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सामूहिक प्रयासका कारण उत्साहजनक नतिजा हासिल भएको जनाएको छ।

















प्रतिक्रिया