५ पुस २०८२, शनिबार | December 20, 2025

र्‍यापिड टेस्टमा चितवनका एकजनामा कोरोना पोजेटिभ



काठमाडौ । र्‍यापिड टेस्टमा चितवनका एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । रत्ननगरमा गरिएको आरडिटी परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

दक्षिण कोरियाबाट ३२ दिनअघि आएका ४७ वर्षीय पुरुषमा र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएपछि अहिले गुञ्जमानसिंह अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिएका छन् ।

ती व्यक्तिको स्वाब संकलन गरेर थप परीक्षणका लागि भरतपुर पठाइएको छ । स्वाबको रिपोर्टका आधारमा उनलाई कोरोना संक्रमण भए नभएको टुंगो लाग्नेछ । र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका केही व्यक्तिमा पछि स्वाब परीक्षणका क्रममा नेगेटिभ देखिने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता