४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खा हरिमान तामाङको मृत्यु



लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतको लण्डनमा अर्का एक भूतपूर्व गोर्खाले ज्यान गुगमाएका छन् ।

लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ मा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको हिलिङडन अस्पतालमा मृत्यु भएको गेसो उपाध्यक्ष धर्म तामाङले जनाएका छन् ।

तामाङ नेपालको धनकुटाको माकलुंगका बासिन्दा थिए । उनी श्रीमती, छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनलाई कोरोना पोजेटिभ भएको पहिचान गरिएको थियो ।

यसअघि उनलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्य नभएको आफन्तले बताएका नेपाली लिङ्कले जनाएको छ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या झण्डै एक दर्जन पुगेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ३ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको