८ चैत्र २०८२, आइतबार | March 23, 2026

क्वारेन्टाइन अवधि पुरा गरि घरजान बसचढेकालाई बसबाट झारिएपछि बस तोडफोड



नेपालगन्ज । बिगत १५ दिनदेखि नेपाल भारत सिमाको दशगजा नजिकैको क्वारेन्टेनमा राखिएकाहरुमा शिघ्र परिक्षण विधि आरटी र्यापिड डाइग्नोस्टिकबाट कोरोना नेगेटिभ देखिएपछि पनि केन्द्र सरकारले घर जान प्रतिबन्ध लगाए पछि उनीहरुतोडफोडमा उत्रिएकाछन् ।

क्वारेन्टेनको ब्यवस्थापन हेरिरहेको नेपालगन्ज उपमहानगर पालिकाले उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो । बस चढिसकेकालाई समेत उतारिएपछि उनीहरुले कम्तीमा ३ वटा बसमा तोडफोड गरि सिसा फुटाईदिएकाछन् ।

घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन् । बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय स्थगित गरिएको थियो ।

बांकेका प्रमुख जिल्ला अधिकारी कै सक्रियतामा बस ब्यवस्था गरिएको तर सिडिओ आफैले पठाउन नसकिने भनेपछि उनीहरु आक्रोशमा आएको नेपालगन्ज उप महानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनुभयो । सिडीओले गृहसंग समन्वय नगरेका कारण समस्या आएको थापाले बताउनुभयो ।

१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको पहलमा उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो । भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : १३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय