४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना भाइरसबाट पूर्वगोर्खा सैनिक पाल्पाका घनवीर थापाको लण्डनमा निधन



लण्डन । कोरोना संक्रमणबाट पूर्वगोरखा सैनिक घनवीर थापा मगरको निधन भएको छ ।

पाल्पा सत्यवतीको गोठादी घर भई बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य थापामगरको लण्डनको किङ्स्टन अस्पतालमा निधन भएको हो । उनी ७५ वर्षका हुन् ।

किङ्स्टन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पाल्पाली जिल्ला समाजका महासचिव खुम कुँवर र समाजसेवी बिष्णु सुर्यवंशीले जानकारी दिए ।

रक्तचाप र पिसाव थैलीको समस्या भई औषधी लिइरहेका थापामगरलाई पछिल्लो समय थप अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना भएका थिए ।

उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित विगत ७ वर्षदेखि बस्दै आएका थिए । उनकी श्रीमती सेल्फ आइसोलेसनमा छन् भने दुई छोराहरु नेपालमै छन् ।

आर्मी नम्बर २११५५६३१ रहेका थापा सेकेण्ड सेकेण्ड गोरखा राइफल्सका हुन् ।

सन् २००९ देखि युकेमा बस्दै आएका स्वर्गीय थापालाई आवश्यक सहयोग गर्ने पाल्पा जिल्ला समाज युकेले अध्यक्ष बाचस्पति रेग्मीले बताए ।

समाजका आजीवन सदस्य गुमाउनु परेको पीडादायी अवस्था रहेको भन्दै समाजका अध्यक्ष रेग्मीले मृतक थापाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको