१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

छिमेकी देश भारत कोरोनाबाट अति प्रभावित देशको १८ औँ स्थानको सूचीमा



एजेन्सी । भारत कोरोनाबाट अति प्रभावित देशको सूचीको १८औँ स्थानमा उक्लिएको छ । ढिलोगरी कोरोना संक्रमण फैलिएको भारतमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिलेसम्म १३ हजार ४ सय ३० संक्रमित भएका छन् । जसमध्ये ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । १ हजार ७ सय ६८ जना भने उपचारपछि घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११ हजार २ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारत सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनलगायतका विभिन्न उपायको अवलम्वन गरिरहेको छ । पछिल्लो २० दिनमा सयको संख्यामा रहेका संक्रमित बढेर १३ हजार भन्दा धेरै भइसकेका छन् । नेपाल सीमावर्ती सबै राज्य कोरोना संक्रमणले प्रभावित भएका छन् ।

कोरोना अति प्रभावित मुलुकको सूचीमा भारतभन्दा माथि अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, रसिया, स्वीट्जरल्याण्ड, पोर्चुगल र अष्ट्रिय छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : २२ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र