४ पुस २०८२, शुक्रबार | December 20, 2025

पैदल हिँडेकालाई घरसम्म पुर्‍याइदिन सर्वोच्चको आदेश



काठमाडौ । सर्वोच्च अदालतले विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको संयुक्त इजलासले नि:शुल्क घरसम्म जाने वातावरण बनाउन आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही कानुन व्यवसायीले अन्तरिम आदेशको माग गर्दै केहीदिनअघि रिट दायर गरेका थिए । सर्वोच्चको आदेशमा विकल्पको अभावमा बाध्यतामा परेका र काठमाडौं लगायतका सहरबाट आफ्नो घर पैदलै प्रस्थान गरिसकेका जनताहरूलाई सुरक्षितरूपमा उनीहरूको गन्तव्यमा पुर्‍याउने राज्यको प्राथमिक कर्तव्य रहेको उल्लेख गरिएको छ ।

वरिष्ठ अधिवक्ता शर्माले आदेशमा सहरमा विकल्पको अभाव भएका वर्गलाई उनीहरूको वडा-वडाबाट पृष्ठभूमिसहितको लगत संकलन गरी घरगाउँ जान चाहे आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी घर पुर्‍यादिन पनि भनिएको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यका र देशका अन्य क्षेत्रमा अलपत्र परेका नागरिक पैदलै हिँडेर घर जान बाध्य भएपछि सरकारले व्यवस्था गर्नुपर्ने रिट दायर भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको