४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनकपुरधामस्थित महावीर चोकमा पैसा फाल्ने महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो



जनकपुरधाम । जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन् । शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले बताए । शुक्रवार दिउँसो महावीर चोकमा दुइ जना महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरु त्रसित भएका थिए ।

कोरोना भाइरस फैलाउन ती महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती पैसा टिपेर कोरोना परिक्षणकालागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो ।

ती महिलालाई हेर्नसाथ प्रहरीलाई जानकारी गराउन भन्दै जिल्ला प्रहरी कार्यालयले सिसिटीभीको आधारमा फोटो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको