१५ चैत्र २०७९, बुधबार | March 29, 2023

विपन्न परिवार पहिचान गरी राहत वितरण गर्न माग



भैरहवा । रुपन्देहीस्थित विभिन्न राजनीतिक दलले विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेका छन् ।

उनीहरुले हाल वितरण भइरहेको राहत सामाग्री खरीदमा अनियमितता तथा वितरणमा पूर्वाग्राही समेत भएको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको अध्यक्षता तथा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा आइतबार भैरहवामा सम्पन्न बैठकले संघीय सकारले अवलम्बन गरेको विपद् व्यवस्थापन समिति, प्रदेश, जिल्ला एवं स्थानीय तहमा सर्वदलीय सहमति अनुसार संयन्त्र निर्माण नभएकोले व्यापक अनियमिता, राहतमा एकरुपता नभएको, उचित अनुगमन नभएको र कालोबजारी भएको ठहर गरेको छ ।

बैठकले सडकमा अलपत्र परेका आम नागरिकका लागि खानपानको उचित व्यवस्थापन गरी सवारीसाधनको व्यवस्थाका लागि गन्तव्यतर्फ पु¥याउने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै नेपाल प्रवेश गर्नका लागि लामो समयदेखि भारतीय सीमानामा आएर क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य परीक्षण पश्चात नेपाल प्रवेश गराई क्वारन्टाइनमा राखेपश्चात घर जाने व्यवस्था मिलाउन माग गरेको छ ।

त्यसै गरी बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको चरम अभाव, मुल्यवृद्धि, कालोबजारी एवं स्थानीय कृषि उत्पादनको उचित नियन्त्रण एवं व्यवस्थापन गर्न राजनीतिक दलहरुको माग छ । त्यस्तै नेपाल सरकारले वर्तमान अवस्थामा गरिरहेको स्वास्थ्य परीक्षण कार्य ज्यादै नै सुस्त रहेकोले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न उनीहरुको माग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आफु पनि बच्न र अरुलाई पनि बचाउन बैठकले आग्रह गरेको छ ।

बैठकले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखी अहोरात्र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा पत्रकारलाई धन्यवाद समेत दिएको छ ।

बैठकमा समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीका अध्यक्ष अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, पार्टीका केन्द्रीय सदस्य ताहिर अलि, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ३४ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय