१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विपन्न परिवार पहिचान गरी राहत वितरण गर्न माग



भैरहवा । रुपन्देहीस्थित विभिन्न राजनीतिक दलले विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेका छन् ।

उनीहरुले हाल वितरण भइरहेको राहत सामाग्री खरीदमा अनियमितता तथा वितरणमा पूर्वाग्राही समेत भएको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको अध्यक्षता तथा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा आइतबार भैरहवामा सम्पन्न बैठकले संघीय सकारले अवलम्बन गरेको विपद् व्यवस्थापन समिति, प्रदेश, जिल्ला एवं स्थानीय तहमा सर्वदलीय सहमति अनुसार संयन्त्र निर्माण नभएकोले व्यापक अनियमिता, राहतमा एकरुपता नभएको, उचित अनुगमन नभएको र कालोबजारी भएको ठहर गरेको छ ।

बैठकले सडकमा अलपत्र परेका आम नागरिकका लागि खानपानको उचित व्यवस्थापन गरी सवारीसाधनको व्यवस्थाका लागि गन्तव्यतर्फ पु¥याउने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै नेपाल प्रवेश गर्नका लागि लामो समयदेखि भारतीय सीमानामा आएर क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य परीक्षण पश्चात नेपाल प्रवेश गराई क्वारन्टाइनमा राखेपश्चात घर जाने व्यवस्था मिलाउन माग गरेको छ ।

त्यसै गरी बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको चरम अभाव, मुल्यवृद्धि, कालोबजारी एवं स्थानीय कृषि उत्पादनको उचित नियन्त्रण एवं व्यवस्थापन गर्न राजनीतिक दलहरुको माग छ । त्यस्तै नेपाल सरकारले वर्तमान अवस्थामा गरिरहेको स्वास्थ्य परीक्षण कार्य ज्यादै नै सुस्त रहेकोले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न उनीहरुको माग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आफु पनि बच्न र अरुलाई पनि बचाउन बैठकले आग्रह गरेको छ ।

बैठकले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखी अहोरात्र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा पत्रकारलाई धन्यवाद समेत दिएको छ ।

बैठकमा समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीका अध्यक्ष अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, पार्टीका केन्द्रीय सदस्य ताहिर अलि, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ३४ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ