२४ श्रावण २०८३, आइतबार | August 9, 2026

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

छलफलमा मुलुकको वर्तमान वित्तीय तथा आर्थिक अवस्था, मौद्रिक नीतिको कार्यान्वयन, बैंकिङ प्रणालीका चुनौती तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत विचार-विमर्श भैरहेको छ ।

अर्थतन्त्रको वास्तविक अवस्था नजिकबाट बुझेका तथा मौद्रिक उपकरण कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको अनुभव र सुझावलाई नीति निर्माण तथा सुधारका लागि उपयोग गर्ने उद्देश्यले छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरबीच नियमित समन्वय र छलफल हुने गरे पनि, सबै कार्यकारी निर्देशकसँग एकैपटक यस प्रकारको औपचारिक छलफल पहिलोपटक हुन लागेको बताइएको छ। यसलाई सरकार र केन्द्रीय बैंकबीचको नीतिगत समन्वयलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : ०० बजे

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन