४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौँको गुह्येश्वरीमा सडेको अवस्थामा शव फेला



काठमाडौ । काठमाडौंको गुह्येश्वरीमा सडेको अवस्थामा मानिसको शव भेटिएको छ ।

मानवबस्तीको बीचमा खाली चौरको झाडीभित्र बोरामा पोको पारिएको अवस्थामा एक पुरुष शव भेटिएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

परिचय खुलेको छैन । शवको प्रकृति हेर्दा १५ / २० दिन पहिले नै उनको मृत्यु भइसकेको हुन सक्ने अनुमान प्रहरीको छ । शरीर सग्लो अवस्थामा रहे पनि अनुहार कुहिएका कारण सहजै पहिचान गर्न नसकिएको महानगरीय वृत्त गौशालाले जनाएको छ ।

अन्दाजी ४०–४५ वर्षको पुरुष रहेको र पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको महानगरीय वृत्त गौशालाका प्रमुख डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । झाडीभित्रबाट गन्ध आएपछि स्थानीयले खोजी गरेका थिए ।

वरपर दुगन्ध फैलिएपछि स्थानीयले खबर गरेको र प्रहरीले आइताबार ४ बजे तिर शव फेला पारेको जनाएको छ । शव भेटिएपछि प्रहरीले अनुसनधान शुरु गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको