७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौँको गुह्येश्वरीमा सडेको अवस्थामा शव फेला



काठमाडौ । काठमाडौंको गुह्येश्वरीमा सडेको अवस्थामा मानिसको शव भेटिएको छ ।

मानवबस्तीको बीचमा खाली चौरको झाडीभित्र बोरामा पोको पारिएको अवस्थामा एक पुरुष शव भेटिएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

परिचय खुलेको छैन । शवको प्रकृति हेर्दा १५ / २० दिन पहिले नै उनको मृत्यु भइसकेको हुन सक्ने अनुमान प्रहरीको छ । शरीर सग्लो अवस्थामा रहे पनि अनुहार कुहिएका कारण सहजै पहिचान गर्न नसकिएको महानगरीय वृत्त गौशालाले जनाएको छ ।

अन्दाजी ४०–४५ वर्षको पुरुष रहेको र पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको महानगरीय वृत्त गौशालाका प्रमुख डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । झाडीभित्रबाट गन्ध आएपछि स्थानीयले खोजी गरेका थिए ।

वरपर दुगन्ध फैलिएपछि स्थानीयले खबर गरेको र प्रहरीले आइताबार ४ बजे तिर शव फेला पारेको जनाएको छ । शव भेटिएपछि प्रहरीले अनुसनधान शुरु गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ३३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११