७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमित १२ भारतीयसहित १३ जनाको यस्तो छ विगतको ट्राभल हिस्ट्री



गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ ।

नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए ।

गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

मङ्सिर २५ गते विराटनगरको रानीस्थित मस्जिदमा आइपुगेका ती सङ्क्रमित करिब चार हप्तासम्म त्यही बसेको र अन्य अरू मस्जिदमा समेत गरी मोरङमा करिब ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहबी, भोक्राहा लगायतका मस्जिदमा करिब छ हप्ता बसेर सप्तरीका चार मस्जिदमा तीन हप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हँदै उदयपुरको चौदण्ड गढी नगरपालिका वडा नं। ५ सिवाहीस्थित मस्जिदमा फागुनको २५ गते आइपुगेको देखिएको उदयपुरका प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।

सिवाहीमा सात दिन बसेपछि चैत १ गते भुल्केस्थित मस्जिदमा आइपुगेको र यात्रा वृत्तान्त आएसँंगै सप्तरीको सप्तकोसी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चनपुर नगरपालिकाको बरमझियास्थित मस्जिद क्षेत्रलाई ‘सिल’गरी स्थानीयवासीको नमुना परीक्षण गर्ने काम भइरहेको र शनिबार मात्रै ७४ जनाको नमुना सङ्कलन गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११