११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कोरोना संक्रमित १२ भारतीयसहित १३ जनाको यस्तो छ विगतको ट्राभल हिस्ट्री



गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ ।

नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए ।

गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

मङ्सिर २५ गते विराटनगरको रानीस्थित मस्जिदमा आइपुगेका ती सङ्क्रमित करिब चार हप्तासम्म त्यही बसेको र अन्य अरू मस्जिदमा समेत गरी मोरङमा करिब ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहबी, भोक्राहा लगायतका मस्जिदमा करिब छ हप्ता बसेर सप्तरीका चार मस्जिदमा तीन हप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हँदै उदयपुरको चौदण्ड गढी नगरपालिका वडा नं। ५ सिवाहीस्थित मस्जिदमा फागुनको २५ गते आइपुगेको देखिएको उदयपुरका प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।

सिवाहीमा सात दिन बसेपछि चैत १ गते भुल्केस्थित मस्जिदमा आइपुगेको र यात्रा वृत्तान्त आएसँंगै सप्तरीको सप्तकोसी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चनपुर नगरपालिकाको बरमझियास्थित मस्जिद क्षेत्रलाई ‘सिल’गरी स्थानीयवासीको नमुना परीक्षण गर्ने काम भइरहेको र शनिबार मात्रै ७४ जनाको नमुना सङ्कलन गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २८ बजे

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ