८ चैत्र २०८२, आइतबार | March 23, 2026

श्रमिकहरु खोज्दै घर पठाउंदै तिलोत्तमा नगरपालिका



बुटवल । लकडाउन लम्बिंदै जांदा बेखर्ची भएका श्रमिकहरुलाई लकडाउन कै बिचमा स्थानीय तहले घर फर्काउन थालेका छन् ।

उद्योग कल कारखाना बन्द हुनुका साथै ठेकेदार कम्पनीहरुले पनि दैनिक ज्यालादारी मजदुरहरुको बेवास्ता गरेपछि कामका लागि शहर पसेका श्रमिकहरुको बिचल्ली भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा निर्माण कार्यमा कार्यरत करिब दुईसय श्रमिकलाई उद्दार गरी आज घर घर पठाएको छ ।

लकडाउनका कारण बेखर्ची भएका मजदुरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदुरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

घरजान पाएकोमा दङ्ग परेका श्रमिकका बालबालिकाहरु खुसीहुंदै बस चढेका थिए । तिलोत्तमा नगरपालिकाले बर्दियाका १२ जना बच्चासहित ५७ जना, दाङका ११ बच्चासहित ६४ जनालाई तथा कैलालीका ६१ जनालाई आज घर पठाइएको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो ।

गुल्मी, पाल्पा र अर्घाखांचीको स्थानीय प्रशासनसंग आफूले समन्वयको प्रयास गरिरहेको बताउंदै छिटै त्यस तर्फ पनि श्रमिकहरु पठाउने तयारी नगरपालिकाले गरिरहेको नगर प्रमुख घिमीरेले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डका बिच अलपत्र परेका श्रमिकहरुलाई घर पठाउने बिषयमा शनीबार छलफल भएसंगै देशभरका स्थानीय निकायहरुले हिंड्दाहिंड्दै सडकमा भोकै भएका तथा काम बन्द भएर बेरोजगार भएका श्रमिकहरुलाई घर पठाउने अभियान थालेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ०० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय