८ चैत्र २०८२, आइतबार | March 23, 2026

गुल्मीको शान्तिपुरमा आगलागि हुदा एकजनाको मृत्यु



गुल्मी । गुल्मी चन्द्रकोट गाउपालिका वडा नम्बर ४ शान्तिपुर बजारमा आगलागि हुंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

शान्तिपुर बजारको बसपार्क नजिकै रहेको पुर्णबहादुर खनालको पसलमा आगलागि हुंदा खनालका १६ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ भने पसल संचालक खनाल र उनका पत्नी रुपा खनाल गम्भीर घाईते भएका छन् ।

आज मध्यान्ह अन्दाजी १ बजे लागेको आगो स्थानीयबासी र प्रहरीले केहिबेर अगाडी नियन्त्रण गरेका थिए । आगलागिबाट पसलमा भएका सबै मालसामान नष्ट भएका छन् । क्षेतीको बिवरण भने प्रहरीले अनुसन्धान पछि थाहा हुने बताईएको छ ।

खनाल स्टोर्स नामबाट संचालनमा रहेको पसलमा डिजल, पेट्रोल र ग्यांस समेत रहेकाले नियन्त्रण गर्न समय लागेको र क्षेती बढी भएको स्थानीय नबिन कसजुले बताउनुभयो ।

घाईते दम्पत्तीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । घरमा आगोलागी भएपछी बुवा आमा घर बाहिर निस्कन सकेपनी छोरा घरबाट बाहिर निस्किन नसकेका कारण छोराको मृत्यु भएको कसजुले बताउनुभयो ।

आगोलागीबाट कति क्षति भयो भन्ने जानकारी नअएको स्थानीय कसजुले बताउनुभयो । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ४२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय