७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मातातीर्थ औंसी एवं आमाको मुख हेर्ने दिन



आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक बर्षको बैशाख कृष्ण औंसीका दिन मनाईन्छ ।

आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पबित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा
राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर
गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई
छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

यो दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार
प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर
अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावनासम्झनाहरु व्यक्त गर्दछन् ।

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन्
भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ उनले भने । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

एक किंवदन्ती अनुसार द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको
थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनिन् ।

त्यस्तै अर्को किंबदन्ती अनुसार एउटा गोठालोकी आमा परलोक भइछन् । मातृवियोगमा परेको गोठालाले एक कचैरा भात आमाको सम्झनामा त्यस कुण्डमा लगेर खसालेछ। त्यस कुण्डवाट उसकी आमा निस्केर आफ्नै हातले उठाएर त्यो भात खाइछ्न् । त्यो खवर गाउँभर फैलियो । त्येसै दिन देखि मातृविहीन छोराछोरीहरूले सम्झनामा मिष्ठान्नहरू लगेर त्येही कुण्डमा चडाउने गर्दछ्न । त्यसै दिन देखि त्येस कुण्डको नाम मातातीर्थ कुण्ड रहन गयो। सोही समय देखि मातातीर्थमा आमाऔंसीका दिन आफ्नो आमालाई सम्झने हरूको भिड लाग्ने छ ।

बास्तबमा आमाको महत्त्व बर्णन गरेर सकिने कुरा होइन । आमाको सम्झना केवल बर्षमा एकपटक गरेर मात्र हुन्दैन । आज धेरै मातापिता वृद्धाश्रममा दु:ख पाइरहदा हरेक मातापिता प्रति सन्तानसन्ततिको दायित्व स्थापित गर्न छ । सदैव उहाहरू प्रति उच्च सम्मान राख्दै आशीर्वादलाई ग्रहण गर्न सके मात्र मातृदिवश मनाउनुको औचित्य पुष्टि हुन्छ । इति ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन)

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ६ : ०४ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो विजय उत्सव

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले