२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

मातातीर्थ औंसी एवं आमाको मुख हेर्ने दिन



आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक बर्षको बैशाख कृष्ण औंसीका दिन मनाईन्छ ।

आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पबित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा
राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर
गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई
छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

यो दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार
प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर
अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावनासम्झनाहरु व्यक्त गर्दछन् ।

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन्
भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ उनले भने । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

एक किंवदन्ती अनुसार द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको
थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनिन् ।

त्यस्तै अर्को किंबदन्ती अनुसार एउटा गोठालोकी आमा परलोक भइछन् । मातृवियोगमा परेको गोठालाले एक कचैरा भात आमाको सम्झनामा त्यस कुण्डमा लगेर खसालेछ। त्यस कुण्डवाट उसकी आमा निस्केर आफ्नै हातले उठाएर त्यो भात खाइछ्न् । त्यो खवर गाउँभर फैलियो । त्येसै दिन देखि मातृविहीन छोराछोरीहरूले सम्झनामा मिष्ठान्नहरू लगेर त्येही कुण्डमा चडाउने गर्दछ्न । त्यसै दिन देखि त्येस कुण्डको नाम मातातीर्थ कुण्ड रहन गयो। सोही समय देखि मातातीर्थमा आमाऔंसीका दिन आफ्नो आमालाई सम्झने हरूको भिड लाग्ने छ ।

बास्तबमा आमाको महत्त्व बर्णन गरेर सकिने कुरा होइन । आमाको सम्झना केवल बर्षमा एकपटक गरेर मात्र हुन्दैन । आज धेरै मातापिता वृद्धाश्रममा दु:ख पाइरहदा हरेक मातापिता प्रति सन्तानसन्ततिको दायित्व स्थापित गर्न छ । सदैव उहाहरू प्रति उच्च सम्मान राख्दै आशीर्वादलाई ग्रहण गर्न सके मात्र मातृदिवश मनाउनुको औचित्य पुष्टि हुन्छ । इति ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन)

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ६ : ०४ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक