१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सरकार विरुद्ध नेबिसंघको विरोध, जनताले स्वस्थ्य सामग्री सहज पाउन सकेका छैनन : नेबिसंघ उपाध्यक्ष पौडेल



बुटवल । लक डाउनको अवधिमा नै नेपाल विद्यार्थी संघले बुटवलमा शान्तपूर्ण विरोध कार्यक्रम गरेको छ ।

नेबिसंघको केन्द्रिय कार्यक्रम अन्तरगत सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न दबाब दिदै शुक्रबार बुटवलको पुष्पलाल पार्कमा विरोधमा कार्यक्रम गरेको हो । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलको नेतृत्वमा निस्केको मौन रयाली विहान साढे ९ बजेदेखि आधा घण्टा साकेतिक विरोध स्वरुप प्लेटकार्डसहित विरोध गरेको हो ।

विरोध स्वरुप कालो प्लेट कार्ड, निरंकुशलता मुर्दाबाद, जनताको जिवनरक्षामा सरकार ध्यान केन्द्रित गर लगायतका प्लेटकार्ड सहित चोकमा मौन जुलुसले धर्ना दिएको थियो । नेबिसंघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलले सरकारको ध्यान कोरोना रोकथाममा लाग्नुपर्ने बताउनुभयो । साकेतिक रुपमा जनतालाई सुसुचित गर्न कार्यक्रम गरिएको उहाले बताउनुभयो ।

हरेक देशको सरकार कोरोनाबाट आफनो जनताको स्वस्थ्यको बारेमा तिब्र रुपमा काम अघि बढाईरहेको उहाले दुखसो गर्नुभयो ।

विरोध कार्यक्रममा तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, बुटवल उपमहानगर समितिका अध्यक्ष सुजन पुन, नेविसंघका जिल्ला नेताहरु छाया पोखरेल, सुरज क्षेत्री, अशोक गौतम, रेशम केसी लगायतको सहभागिता थियो ।

नेबिसंघको विरोध कार्यक्रमले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल निवासमा आधा घण्टा रोकिनुभएको थियो । निवासबाट कार्यालय हिडनुभएको उहालाई प्रहरीले खबर गरेर घरमै रोकेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : १६ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो