७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कोरोना भाइरस : मृत्यु हुनेको संख्या १ लाख ९७ हजार पुग्यो, २८ लाख २८ हजारबढी संक्रमित



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ८४ जना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको छ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका महामारीबाट हालसम्म २८ लाख २८ हजार ९१ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार २२२ जना नयाँ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमित मध्ये हालसम्म ७ लाख ९८ हजार ३३१ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख १७ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ८२० जना निको भएका छन् । ती मुलुकहरुमा ५६ हजार ८६ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख १२ हजार ५४५ जना कोरोना संक्रमित निको भएका छन् भने शनिबारसम्म १६ हजार ५८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार ४७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ५ हजार ५२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका २९ हजार ९७८ जनामध्ये ९ हजार १२१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने उपाचार गराइरहेका १९ हजार ३४९ जनामध्ये १४८ जनाको अवस्था गम्भीर छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ६ हजार २४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ ८ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा पनि शुक्रबार एक नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : १९ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले