७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्वस्थ रहन अनलाइन बाटै योगा कक्षा संचालन



बुटवल । बुटवल लेडी जेसीसको आयोजनामा २ दिने अनलाइन योगा कक्षा आइतबार सम्पन्न भएको छ ।

विश्वव्यापी कोरोना महामारीको प्रकोपबाट सुरक्षित रहन व्यक्तिगत सरसफाईका साथै मानसिक रूपमा स्वस्थ रहन र पूर्विय दर्शन योग, ध्यान प्राणायामको माध्यमबाट सहयोग पुर्याउने उद्देश्यले बुटवल लेडी जेसीजले यो अभियान शुरु गरेको बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना पाण्डे कुसुमले बताउनुभयो ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा शुरुवात गरिएको यस अभियानमा पहिलो दिनको औपचारिक कार्यक्रम र सैद्धान्तिक योगा कार्यक्रम जुम अनलाइनबाट गरिएको थियो सो औपचारीक कार्यक्रममा करिव ५० जनाले अनलाइनबाटै सहभागिता जनाएका थिए ।

विश्वभरि छरिएर रहेका सम्पूर्ण योगा प्रेमीलाई मध्यनजर गर्दै दोस्रो दिनको कार्यक्रम बुटवल महिला जेसिसको आधिकारिक फेसबुकबाट समेत बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

योगा कक्षा प्रमुख प्रशिक्षक, मनोक्रान्ति का योग प्रशिक्षक, नेशनल योगा च्याम्पियनसिपका गोल्ड मेडलिस्ट, आत्मजागरण इन्टरनेशनलका चेयरम्यान गम्भीर श्रेष्ठले सन्चालन गरेका थिए । लकडाउनका कारण बाहिर हिड्डुल गर्न नमिल्ने र शरीर भारी हुने हुदा योगा गर्नु उपयुक्त हुने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
मातृशाखा बुटवल जेसीस बर्ष २०२०का अध्यक्ष जेसी राजीव गौतमले बुटवल महिला जेसिसले सुरुवात गरेको अनलाइन योगा कक्षा शारीरिक तन्दुरुस्त राख्न सहयोग पुग्ने भन्दै प्रसम्सा गर्नुुुभयो । अनलाइन योगामा सस्थाका प्रमुख सल्लाहकार, सल्लाहकहरु, पूर्व अध्यक्षहरु एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय जेसी ज्ञानधरा पन्त र जेसी राजुदेवी खनालले प्रबिधिको प्रयोग गरेर भएपनी क्लबले आयोजना गरेको योगा कक्षा प्रभावकारी हुने बताउनुभएको थियो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष जेसी वेदना पाण्डेको जेसीस आस्था पाठ कार्यक्रम संयोजक बुटवल महिला जेसीस वर्ष २०२०का उपाध्यक्ष जेसी प्रभा गौतमको स्वागत र जेसीस वर्ष २०२०का महासचिव जेसी अनुपमा श्रेष्ठको समन्वय र संचालनमा सप्पन्न भएको थियोे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११