१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्वस्थ रहन अनलाइन बाटै योगा कक्षा संचालन



बुटवल । बुटवल लेडी जेसीसको आयोजनामा २ दिने अनलाइन योगा कक्षा आइतबार सम्पन्न भएको छ ।

विश्वव्यापी कोरोना महामारीको प्रकोपबाट सुरक्षित रहन व्यक्तिगत सरसफाईका साथै मानसिक रूपमा स्वस्थ रहन र पूर्विय दर्शन योग, ध्यान प्राणायामको माध्यमबाट सहयोग पुर्याउने उद्देश्यले बुटवल लेडी जेसीजले यो अभियान शुरु गरेको बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना पाण्डे कुसुमले बताउनुभयो ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा शुरुवात गरिएको यस अभियानमा पहिलो दिनको औपचारिक कार्यक्रम र सैद्धान्तिक योगा कार्यक्रम जुम अनलाइनबाट गरिएको थियो सो औपचारीक कार्यक्रममा करिव ५० जनाले अनलाइनबाटै सहभागिता जनाएका थिए ।

विश्वभरि छरिएर रहेका सम्पूर्ण योगा प्रेमीलाई मध्यनजर गर्दै दोस्रो दिनको कार्यक्रम बुटवल महिला जेसिसको आधिकारिक फेसबुकबाट समेत बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

योगा कक्षा प्रमुख प्रशिक्षक, मनोक्रान्ति का योग प्रशिक्षक, नेशनल योगा च्याम्पियनसिपका गोल्ड मेडलिस्ट, आत्मजागरण इन्टरनेशनलका चेयरम्यान गम्भीर श्रेष्ठले सन्चालन गरेका थिए । लकडाउनका कारण बाहिर हिड्डुल गर्न नमिल्ने र शरीर भारी हुने हुदा योगा गर्नु उपयुक्त हुने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
मातृशाखा बुटवल जेसीस बर्ष २०२०का अध्यक्ष जेसी राजीव गौतमले बुटवल महिला जेसिसले सुरुवात गरेको अनलाइन योगा कक्षा शारीरिक तन्दुरुस्त राख्न सहयोग पुग्ने भन्दै प्रसम्सा गर्नुुुभयो । अनलाइन योगामा सस्थाका प्रमुख सल्लाहकार, सल्लाहकहरु, पूर्व अध्यक्षहरु एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय जेसी ज्ञानधरा पन्त र जेसी राजुदेवी खनालले प्रबिधिको प्रयोग गरेर भएपनी क्लबले आयोजना गरेको योगा कक्षा प्रभावकारी हुने बताउनुभएको थियो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष जेसी वेदना पाण्डेको जेसीस आस्था पाठ कार्यक्रम संयोजक बुटवल महिला जेसीस वर्ष २०२०का उपाध्यक्ष जेसी प्रभा गौतमको स्वागत र जेसीस वर्ष २०२०का महासचिव जेसी अनुपमा श्रेष्ठको समन्वय र संचालनमा सप्पन्न भएको थियोे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ३४ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य