९ चैत्र २०७९, बिहिबार | March 23, 2023

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतवार राति अबेर राष्ट्रपति शितल निवासमा भेटवार्ता भएको छ ।

पार्टी सचिवालयका बहुसंख्यक सदस्यहरुले सचिवालय बैठकको माग गरिरहेको सन्दर्भमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको अड्कल गरिएको छ ।

यसअघि पनि पार्टीका बहसबारे राष्ट्रपतिले नेकपाका दुबै अध्यक्षहरु (केपी शर्मा ओली र प्रचण्ड)लाई आवश्यक सुझाव दिने चर्चा चल्ने गरेको थियो । नेकपाका बहुसंख्यक स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै हस्ताक्षर संकलन गरी सकेका छन् ।

कोरोना भाइरसको महामारीमा बैशाख ८ गते ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेशका कारण प्रधानमन्त्री र राष्ट्रपति दुबैको चर्को विरोध भएपछि उक्त अध्यादेश चारदिन पछि फिर्ता भएको थियो ।

अध्यादेशलाई लिएर दुबैको व्यापक आलोचना भएपछि आगामी परिस्थितिमा आफूहरुलाई कसरी लैजाने भन्ने बिषयमा छलफल भएको हुनसक्ने नेकपा स्रोतले बताएको छ ।

अध्यादेश रातारात जारी गर्ने र खारेज गर्ने बिषयलाई लिएर नेकपामा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने चर्चा पनि चल्न थालेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ५७ बजे

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको

महङ्गियो चलचित्र निर्माण

काठमाडौं । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ