३० पुस २०८२, बुधबार | January 14, 2026

मंगलबार नेकपाको सचिवालय बैठक बस्ने



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारीक छलफल भएको थियो । छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले कुनै निर्णय नभएपनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताउनुभयो ।

उहाँले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताउनुभयो । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको बताउनुभयो ।

सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विना पूर्वाग्रह समिक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री को हैसियतमा उहाँले दिने हो ।

गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’ बौठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ५९ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको