९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोरोनाको उपचार प्रयोगात्मक अवस्थामै, किटनाशक औषधीको प्रयोग



एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट अहिले सिंगो विश्व समुदाय आक्रान्त छ ।

संक्रमित हुने र मृत्यु हुने क्रम अझै रोकिएको छैन । यसको अचुक औषधी पत्ता लागि नसके पनि अस्पतालहरुमा कोरोना संक्रमितहरुको जसोतसो उपचार पनि भैरहेको छ । निको भएर घर फर्कनेहरुको संख्या पनि उत्साहजनक नै देखिन्छ ।

यसै सन्दर्भमा कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न वैज्ञानिक तथा चिकित्सकहरुले आफ्नो कार्यगत प्रयोगबाट एउटा नयाँ तथ्य पत्ता लगाएका छन । त्यो हो, कोरोना संक्रमित विरामीको उपचारमा एन्टी प्यारासाईट औषधी (किटनाशक औषधी) को प्रयोग । अमेरिकाको नर्थशोर युनिभर्सिटी हेल्थ सिस्टमको संक्रामक रोग विशेषज्ञ डा. निरव शाहले ईन्भर्टीमाईसिन भन्ने एन्टी प्यारासाईट औषधीले कोरोना भाईरसलाई २ दिनमा मार्न सकिने दावी गरेका छन ।

उनका अनुसार यो औषधी विरामीको उपचारमा सुरक्षित छ भने सवै ठाउँमा सजिलै पाइन्छ । त्यसैगरि अष्ट्रेलियाको मेलबर्नस्थित मोनाश बायोमेडिसिन डिस्कभरी ईन्स्टिच्युटका डा.काईली वागस्टफले पनि ईन्भर्टीमाईसिन आषधीको एक डोजले कोरोना भाईरसको आरएनएलाई २४ देखि ४८ घण्टामा मार्न सक्ने दावी गरेका छन । त्यसैगरि फ्लोरिडाको ब्रोवार्ड हेल्थ मेडिकल सेन्टरका डाक्टर जेक्स रेज्टरको भनाई पनि यहि तथ्यसंग मिल्दोजुल्दो आएको छ ।

उनले कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा पनि यहि ईन्भर्टीमाईसिन औषधिको प्रयोग गरिरहेका छन । विरामीहरुको अवस्थामा पनि राम्रै सुधार आईरहेको छ । कोरोना संक्रमित विरामीको जति छिटो उपचार सुरु हुन्छ, त्यति नै बचाउन सकिने सम्भावना धेरै हुने डा. जेक्सले बताए । उनका अनुसार विरामीमा अक्सिजनको आवश्यकता ५० प्रतिशत भन्दा कम हुन्छ भने उसलाई बचाउन सकिने सम्भावना सय प्रतिशत हुन्छ ।

अत्यन्तै जटिल अवस्थामा पुगेका केही विरामीहरुमा यो औषधीले काम गर्न नसक्ने सम्भावना पनि डा. जेक्सले औंल्याए । त्यस्तै उटाह युनिभर्सिटीका डा. अमित पटेलको अनुशन्धानमा पनि यो औषधिको परिणाम राम्रो आएको छ ।

कोरोना भाईरस संक्रमणबाट फोक्सोमा गम्भीर असर पुगेर भेन्टिलेटरको प्रयोग गर्नु परेका विरामीलाई ईन्भर्टीमाईसिन औषधी चलाउँदा सकारात्मक संकेत देखिएको डा. पटेलले बताए ।

अहिले चर्चामा आएको ईन्भर्टीमाईसिन औषधि सन १९७० देखि ८० को दशकमा बनेको थियो । यो औषधिको प्रयोग पशुहरुमा देखिने परजिवी संक्रमणलाई हटाउन प्रयोग गरिन्थ्यो ।

तर पछि गएर मानिसको कपालमा हुने जुम्रा मार्नका लागि पनि यसको प्रयोग गर्न थालियो । यो औषधिले विश्व स्वास्थ्य संगठनद्वारा मान्यता पाईसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ४४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त