५ पुस २०८२, शनिबार | December 20, 2025

‘बिग हाउस’ ब्यापारी सुलभ अग्रवाल विरुद्ध कालोबजारीको मुद्दा



काठमाडौ । तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोप लागेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रहरीले नाटकिय ग्राहक बन्दै अग्रवाललाई २५ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालयले आज दर्ता गरेको मुद्दामा १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

‘कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्मको कैद सजाय व्यवस्था कानुनमा उल्लेख भएपनि अग्रवाल सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको रेग्मीले बताउनुभयो । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् ।

सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने भएपनि सार्वजानिक पद धारण र ठूलो बिगो सहितको मुद्दा भएकाले अदालतमा मुद्दा दर्ता भएको बताईएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ५६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता