११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कोभिड-१९ बारे नेकपा नेताबाट चिनियाँ कम्युनिष्ट पार्टीका नेतासंँग भिडियो कन्फरेन्स



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाल सहितका नेताहरुले कोभिड-१९ का सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंँग भिडियो कन्फरेन्स गरेका हुन् ।

नेपाललगायतका नेताहरुले बुधबार कोरोना भाइरसबारे चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओसंँग भिडियो कन्फरेन्स गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

छलफलमा नेता नेपालले चीनले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न अपनाएको विधिका सम्बन्धमा कुरा गरेका थिए ।

करीब तीन घण्टा भएको छलफलमा नेकपाका वरिष्ठ नेता नेपालसंँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्ज र चिकित्सक तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङसँगै प्रा झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता थियो ।

बुटवल-नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले भिडियो संवादमा आफ्नो प्रदेशमा चार कोरोना अस्पताल स्थापना गरी २३० शय्याको व्यवस्था गरिएको र ४८ अन्य अस्पतालमा ३३५ शय्या कोरोना रोग उपचारका लागि व्यवस्था भएको जानकारी दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी प्रदेशमा रहेका अन्य स्वास्थ्य संस्थामा १६ हजार ९७२ शय्या रहेको र ५६४ क्वारेन्टाइन रहेको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।
सूचना प्रविधिमा आधारित स्थानीय तह र प्रदेश सरकारबीच रिपोर्टिङ प्रणालीको व्यवस्थापन गरिएको तथा कोभिड-१९ ट्रयाकिङ मोबाइल एप र ब्ल्युटुथमा आधारित कोरोना ट्रेसिङ एप तयार गरिएको जानकारी पनि पोखरेलले दिएको सल्लाहकार केसीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : २२ बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)