७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन : प्रधानमन्त्री ओली



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै गणतन्त्र दिगो बन्न सक्ने बताउनु भएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुंदै प्रधानमन्त्री ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि भएको बताउनु भएको छ । उहांले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेको दाबी समेत गर्नुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
गणतन्त्र स्थापना भएकै दिन जनता साँचो अर्थ सार्वभौम बनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको बताउनु भएको छ ।
उहांले सन्देशमा भन्नु भएको छ, “आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरुद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएका छन् । हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ ।”
संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन नसक्ने प्रधानमन्त्रीको ठहर छ । उहांले जनता सक्षम बनाउनकालागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक रकेको उल्लेख गर्दै त्यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी रहेको औंल्याउनु भएको छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुलाई गणतन्त्रको उपलब्धीकारुपमा चित्रण गर्नुभएको छ ।
“जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन् । तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन् । इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन ।” प्रधानमन्त्रीको सन्देशमा लेखिएको छ
प्रधानमन्त्रीले सन्देशमा सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको उल्लेख गर्दै कोरोनाको महामारीले सरकारको प्राथमिकताहरु मात्रै होइन, कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित बनाएको बताउनु भएको छ । “गणतन्त्र दिवसको यस सन्दर्भमा सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरु छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस्” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ७ : ०९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल