१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नयाँ मिशनको सुरुवात



जेठ १५ । अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो ।

जनताका लागि जनताद्वारा चुनिएका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफै बनाएर देशलाई शान्ति समृद्धि र विकासको पथमा लैजाने उत्कट अभिलाषासहित सशस्त्र युद्ध, जनआन्दोलन भए । सबैखाले युद्ध र आन्दोलनको निस्कर्षस्वरुप नेपालबाट सयौं वर्षसम्म सत्तामा रहेको राजतन्त्र समाप्त भयो । जनताका प्रतिनिधिहरुले गणतन्त्र नेपालको स्थापना गरे । यो गौरवपूर्ण दिन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनको रुपमा सधैंभर स्मरण भैरहने छ ।

यो ऐतिहासिक दिनकै अवसर पारेर हामीले नयाँ कामको सुरुवात गर्दैछौं । पत्रकारितामा डिजिटल विधाको रुपमा स्थापित अनलाइन मिडियामा हामी प्रवेश गरेका छौं । हामीले आजैका दिनदेखि समाचारमूलक नयाँ अनलाईन न्यूज पोर्टल संचालन गर्न गैरहेका छौं ।

सूचना प्रविधिको विकाससंगै संचारको क्षेत्रले पनि गुणात्मक फड्को मार्दै गएको छ । संचारमा प्रविधिको विकासले विश्व साँघुरिएको छ । इन्टरनेटले संचारका पुराना स्वरुपलाई परिवर्तन गरिसकेको छ । आमसंचारको पुरानो स्वरुपमा परिवर्तन गर्दै विश्वका ठूला भनिएका समाचारपत्रहरु अनलाइन संस्करणमा रुपान्तरित भैसकेका छन् ।

नेपालमा पनि आम संचारको क्षेत्रमा अभुतपूर्व परिवर्तन आएको छ । पछिल्लो एक दशकको अवधिमा अनलाइन मिडियाको उपस्थिति उल्लेखनीय रुपमा बढेको छ । अबको दिनमा ‘न्यू मिडिया’को भूमिका अझ बढी बढ्ने देखिन्छ । हामी पनि अनलाइन मिडियामा प्रवेश गरेका छौं खबरकुरा डट कम मार्फत ।

एक दशकको बीचमा केही अनलाइन न्यूज पोर्टलले अभूतपूर्व छलाङ मार्दै आफुलाई स्थापित बनाइसकेका छन् । कतिपय अनलाइनहरु अदृश्य स्रोतबाट संचालित गरिएका छन् । केही समयसम्म हाइफाई गर्ने, त्यसपछि सकिने या हटाउने ट्रेण्ड पनि देखिएको छ । अनलाइन मिडिया संचालन गर्नु हेर्दा सहज जस्तो लागे पनि चुनौतीपूर्ण रहेको छ । चुनौतीलाई सामना गर्न सक्नेको मात्र भविष्य छ । खबरकुरा डटकमले यो चुनौतीलाई स्वीकार गरेको छ ।

संज्ञान मिडिया प्रालीद्वारा सञ्चालित खबरकुरा डट कम संघीय राजधानी काठमाडौं र प्रदेश ५ को राजधानी बुटवलबाट एक्कैसाथ संचालन हुँदैछ । स्थापनाकै समयमा दुई ठाउँमा कार्यालय संचालन गरी संचालन हुने पहिलो अनलाइन सम्भवतः हामी नै बन्नेछौं । खबरकुरा डट कमले केही निश्चित उद्देश्य र दायित्व बोकेको छ । विषयको उठान गर्दै हामीले बतायौं, जनताको वलिदानीपूर्ण संघर्षबाट १३ वर्षअघि नेपालमा गणतन्त्र आयो । तर गणतन्त्रको अनुभूति जनताले अहिलेसम्म गर्न पाएका छैनन् । राजनीतिक अधिकारको उपयोग गरिएको छ, जन जनजीविकासँग सम्बन्धित विषय राजनीतिक दलका नेताहरुका लागि सार्वजनिक खपतको विषय मात्र बनेको छ । देशको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि अतिक्रमण बढेको छ ।

राज्य संचालकहरुको अदुरदर्शी नीति र कार्यशैलीकै कारण देश र जनताले दुःख पाइरहेका छन् । आत्मनिर्भर अर्थतन्त्रको गफ बाँढिए पनि देश झनझन परनिर्भर बन्दैछ । देशको इज्यत प्रतिष्ठा र अर्थतन्त्रलाई धरासायी बनाउन गरिएका भ्रष्टाचारजन्य अपराध बढ्दो क्रममा छ । उद्योग व्यवसाय संचालनको वातावरण राम्रो नबन्दा देशभित्रको पूँजी पलायन भैरहेको छ । कृषि उत्पादन, व्यवसायिकरण र बजारीकरणको सही नीति नबन्दा कृषिजन्य वस्तुको परनिर्भरता उदेकलाग्दो छ । उद्योग व्यवसाय संचालन गर्ने  गतिविधि र समस्याहरु हाम्रो मुख्य प्राथमिकतामा पर्नेछन् । व्यवसायिक वातावरण विथोल्ने गतिविधिप्रति हामी निर्मम बन्नेछौं । यी लगायतका विषयमा खबरदारी गर्नु नै हाम्रो मुख्य उद्देश्य र दायित्व हुनेछ । हामी जनताको पक्षमा मात्र लेख्नेछौं । जनताका लागि लेख्नेछौं । जनपक्षीय पत्रकारिता हाम्रो मुख्य मिशन हुनेछ ।

यतिबेला कोरोना भाइरस (कोभिड–१९)को वैश्विक महामारी छ । नेपाल पनि कोरोनाको संक्रमणबाट नराम्रोगरी प्रभावित भएको छ । देश दुई महिनादेखि बन्द छ । आर्थिक गतिविधि ठप्प छन् । राष्ट्रिय अर्थतन्त्रको संकुचन बढ्दो छ । ८ प्रतिशत माथिको आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकार २ दशमलव ३० प्रतिशतमा खुम्च्याउन बाध्य बनेको छ । यस्तो अवस्थामा नयाँ अनलाइन मिडिया सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ । तर हामी चुनौतीलाई स्वीकार गरेर मैदानमा प्रवेश गरेका छौं । अप्ठारो परिस्थिति सधैंभर रहनेछैन । केही समयपछि देश पुनः नियमित गतिमा प्रवेश गर्नेछ भन्ने विश्वास हामीमा छ ।

अन्त्यमा, हाम्रो लेखाइ र प्रस्तुतीमा हामी सधैं सजग बन्नेछौं । तथ्यहीन समाचार दिएर हामी भाइरल बन्ने छैनौं । सन्तुलित खबरको विश्वसनीय संयोजन नै हाम्रो भिजन हुनेछ । खबरकुरा डट कमलाई हाम्रा पाठकको माया मिल्नेछ । पाठकको सुझाव र आलोचना नै हाम्रो मार्गदर्शन हुनेछ । ‘तपाईं हुनुहुन्छ जहाँ देश दुनियाँको खबर पुग्छ त्यहाँ भन्ने सन्देशसहित हाम्रो यात्रा सुरु भएको छ । यो यात्रा अविचल रहनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु