३ श्रावण २०८३, आइतबार | July 19, 2026

नयाँ मिशनको सुरुवात



जेठ १५ । अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो ।

जनताका लागि जनताद्वारा चुनिएका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफै बनाएर देशलाई शान्ति समृद्धि र विकासको पथमा लैजाने उत्कट अभिलाषासहित सशस्त्र युद्ध, जनआन्दोलन भए । सबैखाले युद्ध र आन्दोलनको निस्कर्षस्वरुप नेपालबाट सयौं वर्षसम्म सत्तामा रहेको राजतन्त्र समाप्त भयो । जनताका प्रतिनिधिहरुले गणतन्त्र नेपालको स्थापना गरे । यो गौरवपूर्ण दिन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनको रुपमा सधैंभर स्मरण भैरहने छ ।

यो ऐतिहासिक दिनकै अवसर पारेर हामीले नयाँ कामको सुरुवात गर्दैछौं । पत्रकारितामा डिजिटल विधाको रुपमा स्थापित अनलाइन मिडियामा हामी प्रवेश गरेका छौं । हामीले आजैका दिनदेखि समाचारमूलक नयाँ अनलाईन न्यूज पोर्टल संचालन गर्न गैरहेका छौं ।

सूचना प्रविधिको विकाससंगै संचारको क्षेत्रले पनि गुणात्मक फड्को मार्दै गएको छ । संचारमा प्रविधिको विकासले विश्व साँघुरिएको छ । इन्टरनेटले संचारका पुराना स्वरुपलाई परिवर्तन गरिसकेको छ । आमसंचारको पुरानो स्वरुपमा परिवर्तन गर्दै विश्वका ठूला भनिएका समाचारपत्रहरु अनलाइन संस्करणमा रुपान्तरित भैसकेका छन् ।

नेपालमा पनि आम संचारको क्षेत्रमा अभुतपूर्व परिवर्तन आएको छ । पछिल्लो एक दशकको अवधिमा अनलाइन मिडियाको उपस्थिति उल्लेखनीय रुपमा बढेको छ । अबको दिनमा ‘न्यू मिडिया’को भूमिका अझ बढी बढ्ने देखिन्छ । हामी पनि अनलाइन मिडियामा प्रवेश गरेका छौं खबरकुरा डट कम मार्फत ।

एक दशकको बीचमा केही अनलाइन न्यूज पोर्टलले अभूतपूर्व छलाङ मार्दै आफुलाई स्थापित बनाइसकेका छन् । कतिपय अनलाइनहरु अदृश्य स्रोतबाट संचालित गरिएका छन् । केही समयसम्म हाइफाई गर्ने, त्यसपछि सकिने या हटाउने ट्रेण्ड पनि देखिएको छ । अनलाइन मिडिया संचालन गर्नु हेर्दा सहज जस्तो लागे पनि चुनौतीपूर्ण रहेको छ । चुनौतीलाई सामना गर्न सक्नेको मात्र भविष्य छ । खबरकुरा डटकमले यो चुनौतीलाई स्वीकार गरेको छ ।

संज्ञान मिडिया प्रालीद्वारा सञ्चालित खबरकुरा डट कम संघीय राजधानी काठमाडौं र प्रदेश ५ को राजधानी बुटवलबाट एक्कैसाथ संचालन हुँदैछ । स्थापनाकै समयमा दुई ठाउँमा कार्यालय संचालन गरी संचालन हुने पहिलो अनलाइन सम्भवतः हामी नै बन्नेछौं । खबरकुरा डट कमले केही निश्चित उद्देश्य र दायित्व बोकेको छ । विषयको उठान गर्दै हामीले बतायौं, जनताको वलिदानीपूर्ण संघर्षबाट १३ वर्षअघि नेपालमा गणतन्त्र आयो । तर गणतन्त्रको अनुभूति जनताले अहिलेसम्म गर्न पाएका छैनन् । राजनीतिक अधिकारको उपयोग गरिएको छ, जन जनजीविकासँग सम्बन्धित विषय राजनीतिक दलका नेताहरुका लागि सार्वजनिक खपतको विषय मात्र बनेको छ । देशको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि अतिक्रमण बढेको छ ।

राज्य संचालकहरुको अदुरदर्शी नीति र कार्यशैलीकै कारण देश र जनताले दुःख पाइरहेका छन् । आत्मनिर्भर अर्थतन्त्रको गफ बाँढिए पनि देश झनझन परनिर्भर बन्दैछ । देशको इज्यत प्रतिष्ठा र अर्थतन्त्रलाई धरासायी बनाउन गरिएका भ्रष्टाचारजन्य अपराध बढ्दो क्रममा छ । उद्योग व्यवसाय संचालनको वातावरण राम्रो नबन्दा देशभित्रको पूँजी पलायन भैरहेको छ । कृषि उत्पादन, व्यवसायिकरण र बजारीकरणको सही नीति नबन्दा कृषिजन्य वस्तुको परनिर्भरता उदेकलाग्दो छ । उद्योग व्यवसाय संचालन गर्ने  गतिविधि र समस्याहरु हाम्रो मुख्य प्राथमिकतामा पर्नेछन् । व्यवसायिक वातावरण विथोल्ने गतिविधिप्रति हामी निर्मम बन्नेछौं । यी लगायतका विषयमा खबरदारी गर्नु नै हाम्रो मुख्य उद्देश्य र दायित्व हुनेछ । हामी जनताको पक्षमा मात्र लेख्नेछौं । जनताका लागि लेख्नेछौं । जनपक्षीय पत्रकारिता हाम्रो मुख्य मिशन हुनेछ ।

यतिबेला कोरोना भाइरस (कोभिड–१९)को वैश्विक महामारी छ । नेपाल पनि कोरोनाको संक्रमणबाट नराम्रोगरी प्रभावित भएको छ । देश दुई महिनादेखि बन्द छ । आर्थिक गतिविधि ठप्प छन् । राष्ट्रिय अर्थतन्त्रको संकुचन बढ्दो छ । ८ प्रतिशत माथिको आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकार २ दशमलव ३० प्रतिशतमा खुम्च्याउन बाध्य बनेको छ । यस्तो अवस्थामा नयाँ अनलाइन मिडिया सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ । तर हामी चुनौतीलाई स्वीकार गरेर मैदानमा प्रवेश गरेका छौं । अप्ठारो परिस्थिति सधैंभर रहनेछैन । केही समयपछि देश पुनः नियमित गतिमा प्रवेश गर्नेछ भन्ने विश्वास हामीमा छ ।

अन्त्यमा, हाम्रो लेखाइ र प्रस्तुतीमा हामी सधैं सजग बन्नेछौं । तथ्यहीन समाचार दिएर हामी भाइरल बन्ने छैनौं । सन्तुलित खबरको विश्वसनीय संयोजन नै हाम्रो भिजन हुनेछ । खबरकुरा डट कमलाई हाम्रा पाठकको माया मिल्नेछ । पाठकको सुझाव र आलोचना नै हाम्रो मार्गदर्शन हुनेछ । ‘तपाईं हुनुहुन्छ जहाँ देश दुनियाँको खबर पुग्छ त्यहाँ भन्ने सन्देशसहित हाम्रो यात्रा सुरु भएको छ । यो यात्रा अविचल रहनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५५ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा