११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बुटवल उपमहानगरप्रमुखको विश्वास, ‘महामारी विरुद्ध छिट्टै विजयी बन्नेछौं’



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड—१९ को महामारी विरुद्ध विजयी बन्न सक्नेमा ढुक्क भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै नगरप्रमुख सुवेदीले नागरिकको दैनिक जीवन असहज बनाएको महामारीविरुद्ध तीनै तहका सरकार केन्द्रित रहेको अवस्थामा नागरिकको चासो र सजगताबाट जित्न त्यसलाई सकिन्छ भन्नेमा ढुक्क भएको बताउनुभएको हो ।
सुवेदीले महामारी विरुद्धको संघर्षलाई प्रभावकारी र सफल बनाउन सकियोस् र जनजीवन सामान्य बनाउन सकियोस् भन्ने कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा सुवेदीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता, सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सकियोस् भन्नेसमेत कामना गर्नुभएको छ ।

‘गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’

नगरप्रमुख सुवेदीले कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १ : ०४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि