१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ



काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका निवासी ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो ।

ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौँ जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैङ्किङ कसुर मुद्दामा सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका बैदार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ११ : १९ बजे

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भोलि निरीक्षण

जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना