२० भदौ २०८३, शनिबार | September 5, 2026

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न खबरकुराले साथ दिनेछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमलाई तथ्ययुक्त सूचना संबाहकको रुपमा समाजले शक्तिशाली दर्जा र विश्वास प्रदान गर्ने गरेको बताउनुभएको छ ।

संज्ञान मिडिया प्रालीद्वारा सञ्चालित ‘खबरकुरा डककम’को प्रकाशन शुभारम्भको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले समाजको ऐनाको रुपमा रहेका सञ्चार क्षेत्रले पवित्र उत्तरदायित्वबोध गर्न आफ्ना सामग्रीहरुलाई स्वतन्त्र, निस्पक्ष र तथ्ययुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । खबरकुरा डटकमले यो उत्तरदायित्वलाई महत्वका साथ बहन गर्ने पनि ओलीले विश्वास गर्नुभएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संकटले मुलुक र जनतासामु उत्पन्न गरेका चुनौतीलाई सामना गर्दै अघि बढ्न खबरकुरा ले साथ दिनेछ भन्ने विश्वास पनि ओलीले लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘विगतमा हाम्रो राष्ट्रिय जीवनको लामो समय अधिकार प्राप्तिको संघर्षमा व्यतित भयो । अब राजनीतिक वा अन्य कुनै अधिकारका लागि संघर्षमा समय बिताउनुपर्ने अवस्था छैन । अबका हाम्रा सबै पाइला विकास र समृद्धितर्फ अभिमुख छन् । अर्थात, ‘समद्ध नेपाल सुखी नेपाली’ हाम्रो राष्ट्रिय आकांक्षा र गन्तव्य हो । राष्ट्रको यस आकांक्षा पूरा गर्न खबरकुरा डटकमले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले काठमाडौं र प्रदेश ५ को राजधानीबाट एकैसाथ खबरकुरा डटकम संचालन हुनलागेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ५५ बजे

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम