११ चैत्र २०८२, बुधबार | March 25, 2026

लोकतान्त्रिक शासन प्रणाली स्वस्थ्य बनाउन मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्वतिको रुपमा स्थापित गर्न नेपाली मिडिया जिम्मेवारीबोधका साथ अघि बढ्ने अपेक्षा गर्नुभएको छ ।

संज्ञान मिडिया प्रालिद्वारा संचालित खबरकुरा डट कमलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक शासन प्रणालीमा स्वस्थ्य र गतिशिल नागरिक समाज निर्माण गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पोखरेलले नेपाली अनलाइन पत्रकारितामा अहिले विश्वासको खडेरी रहेको जिकिर गर्नुभएको छ ।

‘सत्य, तथ्य, विश्वसनीय र समाजले ग्रहण गर्न सक्ने सामग्रीको साटो आग्रह र पूर्वाग्रहले प्रेरित सामग्रीलाई जोड दिदा पत्रकारिताको मुल मर्ममाथि नै प्रहार भएको छ’, उहाँले भन्नुभएको छ, ‘पत्रकारिता समाजको ऐना हो, अर्थात ऐनाले झैं छर्लङ देखाउने माध्यम पत्रकारिता हो । यही मर्मलाई ख्याल गर्दै सूचनालाई सही ढंगले संकलन, सम्पादन र प्रकाशन तथा प्रसारण हुनुपर्छ ।’ सूचनामा विचार मिसाएर पस्कने प्रवृति सही पत्रकारिता हुन नसक्ने बताउँदै उहाँले नागरिकलाई भ्रम होइन्, सत्य, तथ्य र विश्वसनीय सूचना दिनसक्दा नै समाजले सही बाटो लिनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामाना सन्देशमा मुख्यमन्त्री पोखरेलले ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जानेछ । हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका छौं । बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको छ ।’यतिबेला विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा सबै केन्दित रहेको बताउँदै पोखरेलले कोभिड—१९ रोकथाम र उपचारमा भइरहेका प्रयास र नागरिकलाई सूचना प्रवाह गर्न नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

‘महामारीलाई नियन्त्रण गर्न सञ्चार क्षेत्रले अझै जिम्मेवारीबोधका लागि अघि बढ्ने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभएको छ ।खबरकुरा डट कमले काठमाडौं र बुटवललाई केन्द्र मानेर औपचारिक शुभारम्भ गर्न लागेकोमा खुशी व्यक्त गर्दै पोखरेलले पत्रकारितामा काठमाडौं मात्रै केन्द्र होइन्, त्यसभन्दा बाहिरलाई पनि केन्द्र मानेर बजारमा स्थापित गर्न र हुन सकिन्छ भन्ने तथ्य स्पष्ट भएको धारणा राख्नुभएको छ ।

उहाँले खबरकुरा डट कमको आगामी यात्रा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहका निम्ति अब्बल हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले अनलाइन मिडियाको बढ्दो उपस्थिति माझ खबर कुरा डट कमको उपस्थितिले नेपाली पत्रकारितामा बेग्लै भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ५२ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको