१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

म्याग्दीमा कोरोनाको पहिलो केस, मालिका गाउँपालिकाका एक युवामा कोरोना पोजेटिभ



म्याग्दी । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् ।

गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

बेनीको न्यु वेष्ट प्वाइन्ट क्वारेनटाइनमा रहँदै आएका संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेसनमा सारिएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

म्याग्दीमा भारतबाट आएकाहरुलाई बेनीको वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा राखिएको छ ।

उनीहरुमध्ये बुधवार १४ जना र विहिवार २९ जनाको स्वाब परिक्षणको लागि पठाईएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शमाले जारी गरेको विज्ञप्ती अनुसार, म्याग्दीमा पहिलो संक्रमित पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्ंया १७ पुगेको छ ।

म्याग्दीमा भारतबाट आएका ८९ जना र दुई जना चालक सहित ९१ जनालाई क्वारेनटाइनमा राखिएको कोभिड १९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’