१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सीमा विवादबारे भारतको पछिल्लो प्रतिक्रिया : आपसी सम्मानका आधारमा सम्बाद आवश्यक



काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा प्रमाण सहित नेपालले आफ्नो दाबी प्रस्तुत गरेपछि भारतबाट थरीथरीका प्रतिक्रिया आउन थालेकाछन् । मन्त्रीपरिषदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा जारी गरेपछि नेपालको नक्सा अस्विकार गरेको भारतले पछिल्लो पटक नेपालसँगको सीमा विवाद समाधानका लागि रचानत्मक र सकारात्मक प्रयासहरु आवश्यक रहेको प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक पत्रकार सम्मेलनमा नक्सा विवादबारे सोधिएको प्रश्नमा पारस्परिक विश्वासको वातावरणमा आपसी संवेदनशिलता र आपसी सम्मानको आधारको भारत आफ्ना छिमेकीहरुसँग कुरा गर्न खुल्ला रहेको बताएकाछन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरे लगत्तै आफ्नो सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि प्रहार भएको टिप्पणी गरेको भारतले सीमा विवादका लागि पारस्परिक विश्वासको वातावरण हुनुपर्ने बताएको हो। पत्रकार सम्मेलनमा श्रीवास्तवले नेपाल र भारतीबीच ऐतिहासिक, सांस्कृतिक सम्बन्ध रहेको भन्दै कोभिड १९ को महामारीको समयमा पनि नेपाललाई सहयोग गरिरहेको स्मरण गरेका थिए।

उनले नेपालमा भइरहेको गतिविधि नियालिरहेका भन्दै सीमा विवादको समाधानका लागि रचनात्मक र सकारात्मक प्रयासहरु आवश्यक हुने समेत बताएका छन्।

भारतले नेपालको लिम्पियाधुरा लिपुलेक हुँदै जाने सडक बनाएपछि नेपालले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ०४ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो